Saturday 21st of September 2019

खेत जोत्दा ट्याक्टरले चेपेर चालकको मृत्यु

विराटनगर । प्रदेश १ का तीन जिल्लामा बिहीबार मात्र चारजनाको ज्यान गएको छ । सवरी दुर्घटना,बाढी र लडेर चारजनाको ज्यान गएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ ।

विशिवाटर बिहान करिब ११ बजे स्थानीय कुलबहादुर गुरुङको ब्याड खेत जोत्ने क्रममा सरबरियाले चलाएको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर पल्टदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्