Friday 17th of January 2020

सोनिका र सुरुचीको शिर फूल

काठमाडौं । गायिका सोनिका केसी र सुरची पन्थीले तीज गीत ‘शिरै लाउने शिर फूल’ ल्याएका छन् । सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको हो ।

देवराज आचार्यको निर्देशन÷छायांकन रहेको गीतको भिडियोमा एलिना पटेल र प्रशंसा पुरी लगायतका कलाकारको अभिनय छ । भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् ।

‘हामीले तीजलाई लक्षित गरी मौलिक तीज गीत पस्किएका छाँै, स्रोता÷दर्शकको मन जित्नेमा आशावादी छौँ’, संगीतकार सन्तोष श्रेष्ठले भने । त्यस्तै, गायिका सोनिकाले राम्रो गीत स्रोता÷दर्शकमाझ ल्याएकोले आफ्ना योभन्दा अघिका गीतजस्तै यो तीजगीतले पनि सबैको साथ पाउनेमा आशावादी रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्