Friday 24th of January 2020

उर्वशी आक्रोश

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेलाको प्रेम प्रसंगका कारण चर्चामा छिन् । उनी आफ्नो हट अवतारका कारण वेलावेलामा चर्चामा आइरहन्छिन् । यसैबीच उर्वशीको भारतीय क्रिकेटरसँगको प्रेमका कारण बढी नै चर्चा भइरहेको छ ।

क्रिकेटर हार्दिक पाण्डे र उर्वशीको प्रेम चर्चा चलेको एक वर्षभन्दा बढी भयो । केही समयदेखि उनीहरू अलग भइसकेको समाचार सार्वजनिक आएको छ । तैपनि हालै मात्र एक युट्युब च्यानलले उर्वशीले विश्वकप क्रिकेटको टिकटका लागि पूर्वप्रेमी हार्दिकको साथ मागेको समाचार बाहिर ल्याएपछि उनी मिडियासँग निकै आक्रोशित बनिन् ।

उर्वशीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म मिडिया र युट्युब च्यानलसँग आग्रह गर्न चाहन्छु कि, यस्तो झुटो भिडियो बनाएर दर्शकलाई भ्रममा नपार्नुहोस् । यस्ता खालको खबरले मलाई निकै नै पीडा हुन्छ र मैले मेरो परिवारमा जवाफ दिनुपर्छ ।’

उर्वशीको यो स्टाटसले पनि के बुझ्न सकिन्छ भने उनी हार्दिकसँग जोडिएका कुनै पनि खालका खबर सञ्चारमाध्यममा नआओस् भन्ने चाहन्छिन् । पछिल्लो समय उनी अभिनेता जोन अब्राहमसँग चलचित्र ‘पागलपन्ती’ मा काम गर्ने तयारीमा जुटेकी छन् ।

प्रतिक्रिया दिनुहोस्