Wednesday 19th of February 2020

चर्चित बलिउड गायक गुरु रन्धावामाथि आक्रमण

मुम्बइ। चर्चित बलिउड गायक गुरु रनधावामाथि आक्रमण भएको छ । क्यानडाको भेंकुभरमा उनीमाथि आक्रमण भएको हो। मिडिया रिपोर्टका अनुसार आइतबार राती गुरु एक कन्सर्टमा प्रस्तुती दिएर फर्कने क्रममा आक्रमण गरिएको हो। एक अज्ञात व्यक्तिलाई उनको टाउकोमा मुक्का हानेको समाचारमा उल्लेख छ । गुरु क्विन एलिजाबेथ थिएटरबाट बाहिर निस्कँदै गर्दा एक व्यक्तिले पछाडिबाट उनीमाथि आक्रमण गरेको थियो । गुरुको टाउकोमा चार टाँका लगाइएको बताइएको छ । उनी भारत फर्केको र फेरि कहिल्यै क्यानडा नजाने कसम खाएको समाचारमा उल्लेख छ । रिपोर्टका अनुसार कन्सर्टमा रहेका व्यक्तिहरुँग सोधपुछका क्रममा आक्रमणकारी कन्सर्टका क्रममा पनि निकै रिसाएका थिए ।

पुलिसले अहिलेसम्म आक्रमणकारीको पहिचान गर्न सकेको छैन । पंजाबी गायक तथा अभिनेता प्रीत हरपालले घटनाको जानकारी दिँदै फेसबुकमा घाइते गुरुको फोटो पोस्ट गरेका छन् । कन्सर्टमा गुरुको साथमा प्रित पनि थिए । गुरुले लाहोर, हाइ रेटेड गबरु, पटोला जस्ता चर्चित गीत गाएका छन् ।गुरु क्विन एलिजाबेथ थिएटरबाट बाहिर निस्कँदै गर्दा एक व्यक्तिले पछाडिबाट उनीमाथि आक्रमण गरेको थियो । गुरुको टाउकोमा चार टाँका लगाइएको बताइएको छ । उनी भारत फर्केको र फेरि कहिल्यै क्यानडा नजाने कसम खाएको समाचारमा उल्लेख छ ।

रिपोर्टका अनुसार कन्सर्टमा रहेका व्यक्तिहरुँग सोधपुछका क्रममा आक्रमणकारी कन्सर्टका क्रममा पनि निकै रिसाएका थिए ।पुलिसले अहिलेसम्म आक्रमणकारीको पहिचान गर्न सकेको छैन । पंजाबी गायक तथा अभिनेता प्रीत हरपालले घटनाको जानकारी दिँदै फेसबुकमा घाइते गुरुको फोटो पोस्ट गरेका छन् । कन्सर्टमा गुरुको साथमा प्रित पनि थिए । गुरुले लाहोर, हाइ रेटेड गबरु, पटोला जस्ता चर्चित गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्