Friday 28th of February 2020

सेनाको कोर्ट मार्शल : माओवादी पूर्वलडाकुलाई १० वर्ष जेल

काठमाडौं । द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका एक जवानलाई सैनिक अदालतले १० वर्ष जेल सजाय फैसला गरेको छ ।

सेनाबाट भागेको १३ वर्षपछि गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई सैनिक समरी जनरल अदालतले आइतबार जेल सजाय सुनाएको हो

नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले गुरुङलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले फैसला सुनाएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्