Sunday 25th of August 2019

‘विवादित न्यायाधीशको इजलासमा मुद्दा छ’ भनेर समाचार नलेखिदिन आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मिडियामा आएका समाचार तथा लेख रचनाले इजलासको स्वतन्त्र निर्णयमा प्रभाव पर्न सक्ने बताएका छन् ।

अदालतमा विचारधीन मुद्दामा विवादित न्यायधीशको इजासमा परेको भन्ने आसयका समाचार सम्प्रेषण हुँदा निर्णयमा प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
सर्वोच्च अदालतले विभिन्न सञ्चारमाध्यममा सम्पादक तथा न्याय क्षेत्रमा कलम चलाउने पत्रकारसँग विहिबार अन्तक्र्रियामा प्रधानन्यायाधीश राणाले सकभर पेसीमा चढेर छलफलमा गएका मुद्दाबारे समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरे ।

‘विचाराधीन मुद्दा विवादिन न्यायाधीशको इजलासमा परेका छन भन्ने आएका समाचार मिडियामा आउनाले स्थिति कता कता जाने देखापर्छ ।’ उनले भने, ‘मुद्दा समय लाग्यो, विवादिन न्यायाधीशको इजलासमा मुद्दा परे भन्ने जस्ता समाचार मिडियामा आउँदा स्वतन्त्र निर्णयमा असर गर्छ ।’

प्रतिक्रिया दिनुहोस्