Thursday 14th of November 2019

फेसएपले निम्त्याउँछ यस्तो समस्या

काठमाडाैं । संसारभर अहिले फेसएपको बहार छाएको छ । यस एपको सहायताले मानिसले बुढौलीको सम्भावित अनुहार हेरिरहेका छन् । सामाजिक सञ्जालमा फेसएपबाट निर्मित तस्बिर भाइरल भइरहेको छ । यस एपले कुनै पनि व्यक्तिको तस्बिर कृत्रिम तरिकाले बुढौली उमेरको तस्बिरमा बदल्ने गरेको छ । तर, आफ्नो बुढो रुपले मानिसलाई क्षणिक रोमान्चकता प्रदान गरे पनि खतरा पनि उत्तिकै छ । यो रुसको एप हो । एपलाई फोटो परिवर्तन गर्न अनुमति दिँदा यो तपाइँको कम्प्युटरको सर्भरसँग पुग्छ ।

फेसएपले प्रयोगकर्ताको तस्बिर छानेर अपलोड गर्छ । कृत्रिम इन्टिलिजेन्सीको माध्यमबाट तस्बिरलाई परिवर्तन गरिन्छ । यसमा सर्भरको प्रयोग हुन्छ र एपको माध्यमबाट फोटो खिच्नुपर्ने हुन्छ ।

प्रयोगकर्ता एपलाई केबल एउटा फोेटो मात्र नदिएर आफ्नो सम्पूर्ण डाटा दिइरहेका हुन्छन् । तपाइँलाई आफ्नो तस्बिर तत्कालीन समयमा निजी प्रयोजनका लागि प्रयोग भएको लाग्न सक्छ । तर, यसको प्रयोग सार्वजनिक उद्देश्यमा पनि हुनसक्छ ।

यो एपले तपाइँको फोन वा कम्प्युटरबाट सूचना हासिल लिएर उक्त सूचनाको विज्ञापनमा पनि प्रयोग गर्न सकिन्छ । फेसएपले तपाइँको आनीबानी बुझेर विज्ञापनको प्रयोग गर्छ । यसलाई मार्केटिङको हतियारको रुपमा पनि हेरिएको छ ।

यस एपको प्रयोग गर्दा फोनमा भएका गोप्य तस्बिर तथा भिडियोमा यसको पहुँच पुगको हुनसक्छ । केही मानिसले एप प्रयोग गरेका कारण उनीहरुको फोनमा सेभ भएका तस्बिर इन्टरनेटमा पोस्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्