Sunday 25th of August 2019

तीन सहसचिवलाई पठाइयो परराष्ट्रमा

काठमाडौ । विभिन्न देशमा रिक्त महावाणिज्य दूत र मिनिस्टर इकोनोमिकमा पदपूर्ति गर्न सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका तीन जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । यसरी परराष्ट्र मन्त्रालयमा सरुवा हुने सहसचिवमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, पर्यटन मन्त्रालयकी नीता पोख्रेल र राष्ट्रपति कार्यालयका छविन्द्र पराजुली छन् ।

सरकारद्वारा परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकामध्ये पौडेललाई चीनस्थित गोन्जाओ महावाणिज्य दूतावासको महावाणिज्य दूतका लागि पठाइने करिब करिब निश्चित छ । यसैगरी, पोख्रेल र पराजुलीलाई दिल्लीस्थित भारतीय दूतावासको मिनिस्टर इकोनोमिक र बेइजिङस्थित राजदूतावासको मिनिस्टर इकोनोमिकमा पठाइने तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्