Sunday 22nd of September 2019

जति पीडा भए पनि शरीरभरी ‘गोडना’

काठमाडौं । भनिन्छ, द्वापर युगमा भगवान् कृष्णले पनि आफ्नाी प्रेमिका राधाको हातमा गोडना (ट्याटु) छेडेका थिए । थारु समुदायमा प्रचलित यो गोडना संस्कृति अहिले पनि जीवित छ । पश्चिमको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला भेट्नु सक्नु हुनेछ ।

जति नै पीडा भए पनि थारु महिला हाँतखुट्टामा गोडना (ट्याटु) बनाएरै छोड्छन् । पहिले र अहिलेको ट्याटु बनाउन विधि भने फरक छ । बढैयाताल गाउँपालिका ५ की कलावती चौधरीका अनुसार पहिले यो कला सहज थिएन ।

कपडा सिलाउने मेसिनको सियोले खोप्नुपथ्र्यो । ट्याटु बनाउन एउटा होइन, पाँचदेखि सात वटासम्म सियोले एकसाथ खोप्ने चलन थियो ।

‘हात खुट्टामा सियो रोप्दा कति रगत बग्यो, बग्यो तर पीडाको पर्वाह नगरी गोडना छेडियो, एक सातासम्म सुन्नियर काम गर्न सकिएन ।’ कलावतीले दुई दशक अघिको ट्याटु अनुभव सुनाइन् । अहिले भने ट्याटु बनाउन त्यतिसाह्रो पीडा खप्न पदैन ।

प्रतिक्रिया दिनुहोस्