Sunday 22nd of September 2019

यस्तो विश्वकप जसको चर्चै छैन

न्युयोक । ई–स्पोर्टसको सर्वाधिक ठूलो इभेन्ट भएको छ । अनलाइन गेमिङको सर्वाधिक पुरस्कार राशिको फोर्टनाइट विश्वकपमा भाग लिनका लागि करिब चार करोड गेमरले आवेदन दिएका थिए । जसबाट सयजना गेमर छानिएको छ । यो प्रतियोगितामा १२ वर्षदेखि ४० वर्षभन्दा बढीका खेलाडीले सहभागिता जनाएका थिए । जसमा अमेरिकाका टिन गामरले जित्न सफल भएका छन् ।

फोर्टनाइट विश्वकप विश्वको सर्वाधिक पुरस्कार राशि भएको ई–स्पोर्टस प्रतियोगिता हो । यो प्रतियोगितामा ३२० करोड रुपैयाँ बराबरको पुरस्कार राशि रहेको छ । जसमा विजेताले ३३ करोड ५० लाख बराबर पुरस्कार प्राप्त गर्ने छ । विजेताले प्राप्त गर्ने राशि टेनिसको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता विम्बल्डनको च्याम्पियनले पाउनेभन्दा बढी हो । विम्बल्डन च्याम्पियनले ३२ करोड प्राप्त गर्ने गरेका छन् । अझ यो प्रतियोगितामा १६ वर्षीय किशोर च्याम्पियन भएर नोभाक जोकोभिच या सिमोन हालेपभन्दा बढी पुरस्कार जित्न सफल भएका छन् ।

च्याम्पियनबाहेक रनरअप, तेस्रो र चौंथोलाई १६ करोडदेखि लिएर ६४ लाखसम्मको पुरस्कार पाउन सफल भएका छन् । यो विश्वकपमा ३० देशका गेमर सहभागि थिए । गेमर्स ८ देखि १० घन्टा स्क्रिनअघि बसेर अभ्यास गर्छन् सहभागिमध्ये एक छन् बेलायतका १४ वर्षीय काहली । काहलीलाई यो खेलको बारेमा सोध्धा यसो भने ‘तपाईंहरू यो खेललाई खेलहरू मध्येमा कमजोर सम्झिनु हुन्छ होला ।

त्यस्तो नगर्नूस ई–गेम्स निकै गम्भीर विषय हो । हामी पनि अन्य खेलमा जस्तै दिनमा ८ देखि १० घन्टा स्क्रिनमा बसेर अभ्यास गर्ने गर्छौं । जसले गर्दा विश्वकपसम्म स्थान बनाउन सकेका छौं ।’ ई–स्पोर्ट अहिले विश्वमा सर्वाधिक चाँडो फस्टाएको खेल हो । यसका लागि विभिन्न देशमा फरक–फरक मैदानसमेत निर्माण भएका छन् । गेमरलाई खेल कसरी आयोजना हुन्छ भनेर अनविज्ञ राखिन्छ । उनीहरूलाई दुई दिनअघि मात्र प्लेइङ एरिनामा लग्ने गरिएको छ ।

२०२० सम्म रेभेन्यू १ विलियन डलर पुग्ने ई–स्पोर्टसको विश्वभरको रेभेन्यू ९०० मिलियन डलर रहेको छ । रेभेन्यु बढ्ने दर वर्षमा ५० प्रतिशत बढी रहेको छ । दुनिया भर यसका प्रयोगकर्ता २५ करोड बढी रहेका छन् । ई–सपोर्टसको हार्डवेयर इन्ड्रस्टी ७.६८ लाख करोड रूपैयाँ बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्