Sunday 22nd of September 2019

अमन र अलिशा बने मोडल हन्ट जनकपुर

काठमाडौं । ३६ प्रतिस्पर्धीलाई पछि पार्दै अमन शाह र अलिशा रजक ‘मोडल हन्ट नेपाल जनकपुर २०१९’ घोषित भएका छन् । अमन पुरुषतर्फ र अलिशा महिलातर्फको बिजेता बनेर शीर्ष अवार्ड हात पारे । दुवै बिजेताले नगद एक लाखसहित मोडल हन्ट नेपालमा सहभागीको अवसर प्राप्त गरेका छन् ।

जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न प्रतियोगितामा नितेश सिंह र अमित शाह पुरुषतर्फ क्रमशः फस्ट र सेकेन्ड रनरअफ घोषित भए । त्यस्तै, महिलातर्फ त्रिशना थापा फस्ट रनरअप र नेहा शर्मा सेकेन्ड रनरअप घोषित भए ।

नेस्ट मोडलस् नेपालका अध्यक्ष रवि धमला, अभिनेत्री मोडल सृजना रेग्मी, ब्युटिसियन रुष्का श्रेष्ठ तथा उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी लगायतका निर्णायक रहेको प्रतियोगितामा पुरुषतर्फ राहुल झा मोस्ट ट्यालेन्ट, सन्तोष शाह बेस्ट वाक, राधव जयसवाल मस्ट डिसिप्लिन, सुभाष ठाकुर मस्ट पपुलर, नितेश सिंह पब्लिक च्वाइस्, आषिश ठाकुर सोसल रेस्पोन्सिवल, अमित शाह बेस्ट फिजिक र कमर्सियल मोडल, नितेश सिंह फोटोजेनिक, रिशी आनन्द चौधरी मस्ट स्टाइलिस, जस्टिन देवकोटा मिस्टर कन्जिनेटल्ली, बेस्ट पर्सनालिटी सत्रोहन शर्मा घोषित भए ।

त्यसैगरी, महिलातर्फ त्रिशना थापा मोस्ट ट्यालेन्ट, अमिसा फुयाल बेस्ट वाक, प्रियान्सु शाह मस्ट डिसिप्लिन, पब्लिक च्वाइस् र सोसल रेस्पोन्सिवल नुपुर सरकार मस्ट पपुलर, अलिशा रजक बेस्ट फिजिक र कमर्सियल मोडल, प्रिन्की यादव फोटोजेनिक र मिस कन्जिनेटल्ली, इशा शाह बेस्ट पर्सनालिटी घोषित भए ।

उक्त प्रतियोगिताको क्षेत्रीय निर्देशक विक्रम आदित्य महासेठ क्षेत्रीय रहेका थिए । प्रतियोगितामार्फत मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउने लक्ष्य राखिएको नेस्ट मोडलस्का अध्यक्ष धमलाले बताए । उनले भने, ‘फेसन तथा मोडलिङ जगतमा नयाँ आयामको सुरुआत गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्