Wednesday 26th of February 2020

अपहरण परेको नाटक गरी परिवारसँग पैसा माग्ने एक पक्राउ

काठमाडौँ । नाटकीय अपरहणको बहाना बनाइ परिवारसँग रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज घर भएका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम रहेका छन्।

गत साउन १३ गते वीरगञ्ज वडम न १६ मा बस्ने असहाव आलमको छोरा अरमानले आफू अपहरणमा परेको भनि भरतपुर तथा भैरहवामा बसी दिदीलाई फोन गरी पैसा मागेका थिए।

उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले बताएको छ।