Friday 24th of January 2020

टाइगरले चलाए मेसिनगन

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनीत चलचित्र ‘वार’ को टिजर सार्वजनिक गरिएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको उक्त चलचित्रमा बलिउड दुई अभिनेतालाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । हालै रिलिज गरिएको टिजरमा दुवै अभिनेतालाई एक्सनलाई निकै सशक्तरूपमा देखाइएको निर्माण पक्षले जिकिर गरेको छ ।

निर्देशक सिद्धार्थले ‘वार’ को एक्सनलाई भारतीय चलचित्र जगतको अहिलेसम्मकै प्रभावकारी र उम्दा भनेका छन् । उनले भने, ‘फिल्मको एक्सनले त्यो स्तर छुँदैछ, जुन भारतीय दर्शकले अहिलेसम्म देखेकै छैनन् ।’ उनले यो चलचित्रमा अभिनेता टाइगरले संसारकै सबैभन्दा शक्तिशाली मेसिनगन चलाएको जिकिर गरे ।

उनले भने, ‘एउटा दृश्यका लागि हामीले संसारकै सबैभन्दा शक्तिशाली मेसिनगन ‘गेटलिंग’ मगायौँ । उनी त्यो शक्तिशाली हतियारले सहरलाई तहसनहस बनाउँदै गरेको देखिनेछन् ।’ गेटलिंग मेसिनगन र्यापिड फायर स्प्रिङ लोडेड हुन्छ र हातले चलाउने हतियारमध्ये सबैभन्दा शक्तिशाली मानिन्छ । यो हतियार आधुनिक मेसिनगन र रोटरी तोपको नयाँ स्वरूप हो ।

प्रतिक्रिया दिनुहोस्