Sunday 22nd of September 2019

बिएलाई चारवर्षे बनाइँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरिएको छ ।
त्रिवि मानविकी तथा समाजिकशास्त्र संकायका डिन प्रा.शिवलाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए ।

तर, डिन कार्यालयले चारवर्षे ब्याचलर अफ आर्टस् (बिए) का लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । विद्या परिषद्लेसमेत यसको निर्णय गरिसकेको छैन ।

डिन भुसालले स्नातक तहमा मानवीकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको र जसमध्ये चार विषयले मात्र कोर्स तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्