Monday 27th of January 2020

भारत बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ

काठमाडौं । भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ३० वर्षीय उदय गिरी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए ।

‘उनले ७५ लाख रुपैयाँ माग गरेका थिए’, ढकालले भने, ‘विशेष सूचनाका आधारमा पक्राउ गरेका हौं ।’ धापाखेलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्