Sunday 23rd of February 2020

म्यानपावरमा विभागमा बढी शुल्क उठाउँदै गर्दा रंगेहात पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुमा छापा मार्ने क्रम तीव्र पारेको छ । आइतबार ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो म्यानपावरमा गनिने प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो ।

युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोली पुगेको थियो । टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको रंगेहात फेला पारेको छ ।

क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्