Sunday 22nd of September 2019

श्रद्धालाई घाटा

मुम्बई । बलिउड चलचित्र ‘छिछोरे’ ३० अगस्टमा रिलिज हुँदैछ । ‘दंगल’ निर्देशक नितेश तिवारी निर्देशित नयाँ चलचित्रमार्फत उनी तीन वर्षपछि पर्दामा फर्किन लागेका हुन् । तर, उनका लागि यो सुखद समाचार नहुने पक्का भएको छ । यही मितिमा अभिनेता प्रभास तथा अभिनेत्री श्रद्धा कपुर अभिनीत ‘साहो’ पनि प्रदर्शनमा आउँदैछ । यी दुवै चलचित्रको प्रदर्शनको मिति जुधेपछि निर्देशक नितिश निकै दुःखी भएका छन् ।

उनले भने, ‘किञ्चित यसलाई रोक्न सम्भव हुन्थ्यो । १० महिनासम्म आफ्नो सिनेमा मात्र रिलिज हुँदैछ भनेर बसिरहेको अवस्थामा जब तपाईंको सिनेमा रिलिजको १ महिनाअघि त्यो एक्लो सिनेमा हुँदैन तब त्यसबाट तपाईं खुसी हुन सक्नुहुन्न ।’

यी दुवै चलचित्रमा अभिनेत्री श्रद्धाको मुख्य भूमिका रहेका कारण पनि नितिश निराश बनेका हुन् । एउटै मितिमा एउटै स्टारका दुई चलचित्र प्रदर्शनमा आउने भएपछि दुवैलाई फाइदा नहुने विश्लेषकको भनाइ छ । यो टक्कर ‘साहो’ ले १५ अगस्टको रिलिज मिति सारेसँगै आएको हो ।
१५ अगस्टमा अभिनेता जोन अब्राहमको मुख्य भूमिका रहेको चलचित्र ‘बाटला हाउस’ तथा अभिनेता अक्षय कुमार अभिनित ‘मिसन मंगल’ प्रदर्शनमा आउने भएका छन् । यी दुई चलचित्रको मिति एक परेपछि ३ सय करोड भारूमा बनेको ‘साहो’ सिनेमा प्राविधिक कारण भन्दै ३० अगस्टमा प्रदर्शनमा आउने मिति तय गरिएको हो ।

‘साहो’ को प्रदर्शन मिति सरेसँगै ‘छिछोरे’ ले सोलो प्रदर्शन नपाउने भएको हो । यसले चलचित्रले प्रदर्शनका लागि पाउने पर्दा संख्यामा पनि गतिलै प्रभाव पार्ने देखिएको छ । यसैकारण ‘छिछोरे’ निर्देशक नितेश खुसी हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्