Sunday 25th of August 2019

मेस्सी घाइते

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । भर्खरै मात्र क्लबको प्रशिक्षणमा आएका कप्तान मेस्सी प्रशिक्षणको क्रममा सोमबार घाइते भएका हुन् ।

मेस्सीको दाँया खुट्टमा समस्या देखिएको बार्सिलोनाको अफिसियल साइटमा उल्लेख छ । मेस्सीले अब क्लबको संयुक्त राज्य अमेरिकाकाे भ्रमणका गर्ने छैनन्, बार्सिलोनामा नै रहनेछन् ।

मेस्सीले संयुक्त राज्य अमेरिका टुरमा बार्सिलाेनाले खेल्ने खेलहरु गुमाउनेछन् । बार्सिलोनाले यूएस टुरमा नेपोलीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ । क्लबले अमेरिका प्रस्थान गर्ने टोली पनि घोषणा गरिसकेको छ ।

क्लबका अनुसार मेस्सीले अब प्रशिक्षणमा पनि सहभागीता जनाउने छैनन् ।

नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न भएको खेलमा इंग्लिस क्लब आर्सनललाई हराउँदै बार्सिलोनाले ग्याम्पर ट्रफी फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । उक्त खेलमा मेस्सीलाई मैदानमा उतारिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्