Friday 22nd of November 2019

गाईजात्रा सातै प्रदेशमा

काठमाडौं । यो वर्ष ‘गाईजात्रा कार्यक्रम’ सातै प्रदेशमा हुने भएको छ । विगतका वर्षमा कलाकारले यो कार्यक्रम उपत्यकामा मात्र आयोजना गर्दै आएका थिए । ब्रान्डवर्थ प्रालिले नेपालका चर्चित हाँस्यकलाकारलाई लिएर यस वर्ष ‘सिग्नेचर प्रदेश प्रदेशमा गाईजात्रा’ कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजकले राजधानीमा एक कार्यक्रमका उक्त कार्यक्रमका बारेमा जानकारी गराएको छ । हाँस्यकलाकार मनोज गजुरेलले गाईजात्रा सिंगो देशको पर्व भएकाले यसलाई देशैभरि लैजाने उद्देश्यले ‘सिग्नेचर प्रदेशप्रदेशमा गाईजात्रा’ थालिएको बताए । दश दिनसम्म आयोजना गरिने उक्त कार्यक्रमका बारेमा उनले भने, ‘हाँस्न पाउनु सबै नेपालीको अधिकार हो । प्रदेश नम्बर १ को विराटनगरमा ३१ साउनबाट सुरु हुने कार्यक्रम प्रदेश ३ को काठमाडौंमा आएर सकिनेछ ।’

उक्त कार्यक्रममा गजुरेलका साथै सुरेन्द्र केसी (मुला साग), शैलेन्द्र सिम्खडा, पूर्ण थापा, शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवि डंगोल, यमन श्रेष्ठ, सुबोध गौतम, सुमन कार्की, सन्ध्या बुढा (काउली बुढी), रुविना अधिकारी लगायत कलाकार सहभागी हुने जनाइएको छ ।

जेसिस र लायन्स क्षेत्रीय आयोजक रहेको कार्यक्रम विराटनगर, सिमरा, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी, पोखरा र काठमाडौं हुने ब्रान्डवर्थका कार्यकारी निर्देशक मोहन गजुरेल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्