Sunday 25th of August 2019

विश्वविद्यालयबाट उपकुलपति हटाइने

काठमाडौं । सरकारले विश्वविद्यालयहरुमा उपकुलपति नराख्ने नयाँ व्यवस्था लागू गर्न लागेको छ । विश्वविद्यालयमा भागबन्डा गरेर पदाधिकारी नियुक्ति गर्ने व्यवस्थालाई रोक्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

नयाँ खुल्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा यस्तो व्यवस्था गर्न लागिएको हो । यससम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको छ । भागबन्डामा नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप हुने र पदाधिकारी नियुक्त भएपछि विश्वविद्यालयको हितभन्दा आफू निकट नेता कार्यकर्ताको हितमा मात्र काम गरेको आरोप लाग्न थालेपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्