Sunday 25th of August 2019

अमेरिकाको डिसी अगस्त २४ तारिख बिहान ११ बजे देखी तीजमय हुने, हेर्नुस के के गरिँदैछ तीज महोत्सबमा

अगस्त २४ तारिख बिहान ११ बजे देखी अमेरिकाको डिसी तीजमय हुने भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा हुने तीज महोत्सब २०१९ को तयारी भब्य रुपमा अगाडि बढेको मुल आयोजक समितिका सदस्य सचिब एबम अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगरले जानकारी गराउनुभएको छ ।

August 24, Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिर (8400 Durga Place, Fairfax Station, VA, 22039 ) मा आयोजना हुन गईरहेको तीज महोत्सब मुल आयोजक समितिका सँयोजक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष रामप्रसाद खनाल तीज महोत्सब यस बर्ष झन बढी ऐतिहासिक हुने र त्यसका लागि निशुल्क प्रबेश, निशुल्क दर खुवाउने सहित ब्यबस्थित नाचगानको कार्यक्रममा आफुहरु केन्द्रित भएको बताउनुहुन्छ ।

खगेन्द्र थापा सँयोजक रहेको आर्थिक समितिले तीज महोत्सबका लागि आर्थिक जोहो गरिसकेको छ भने मुकुन्द कोइराला देखी मुल आयोजक समितिका सबै जना, बिभिन्न उपसमितिहरुका सदस्यहरु सबै मिलेर तीज महोत्सबको भब्य तयारीमा जुत्नुभएको छ । समाजसेबी श्याम लामा र वहाँको तन्दुरी नाइट रेस्टुरेन्ट तीजको दर ( तीज भोज ) का लागि जुटिसकेको छ ।

वाशिङ्गटन डिसी मेट्रो एरिया ( भर्जिनिया, म्यारिल्यान्ड र डिसी एरिया ) मा रहेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकामा आबध्द कलाकारहरु देखी अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीमा रहेका पदाधिकारी देखी सदस्य सम्म सबै तीज महोत्सबमा केन्द्रित हुनुभएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका सल्लाहकार प्रेमराजा महत अन्तर्राष्ट्रिय कलाकार मञ्चले १२ बर्ष अघि अमेरिकामा शुरु गरेको तीज महोत्सबले अमेरिकामा मात्र होइन संसार भर तीजको माहोल नै ल्याएको बताउँदै यस बर्ष पनि तीज महोत्सब भब्य हुने बताउनुहुन्छ ।

स्मरण रहोस अमेरिकामा सन २००८ देखी तीज महोत्सब शुरु भएको हो र रामप्रसाद खनाल र वहाँ अध्यक्ष एबम संस्थापक रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले २००८ देखी कहिले एक्लै त कहिले बिभिन्न संघ संस्थाहरुलाई समेटा साथ लिएर तीज महोत्सब गरिन्दै आएको छ ।
गत बर्ष जस्तै अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले यस बर्ष पनि संयुक्त रुपमा तीज महोत्सब गर्दैछन । यसै बिच तीज महोत्सब मुल आयोजक समितिका तर्फ बाट तीज महोत्सब अमेरिका – २०१९ मुल आयोजक समितिको जरुरी सूचना भन्दै प्रकाशित सुचनामा भनिएको छ:

“बिगतका बर्षहरूमा झैं यो बर्ष पनि नेपाली नारीहरूको महान चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा नेपाली संस्कृतिलाई फुलाउने, फलाउने उदेश्यले आगामी August 24th Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिरमा तीज महोत्सब आयोजना हुन गईरहेको छ।

उक्त कार्यक्रममा सामूहिक नाँच तथा गीत प्रस्तुत गर्न ईच्छुक महानुभावज्यूहरूले August 22nd ,2019 सम्ममा निम्न लिखित ब्यक्तिहरूलाई सम्पर्क गरेर समूहको नाम, नाँच्ने गाउनेहरूको नाम र गीतको बोल टिपाउनु पर्ने छ।

संपर्क ब्यक्ती:
प्रभा देउजा – 571-331-5412
मुकुन्द कोइराला – 571-355-2676
भूपनारायण घर्ति मगर – 571-217-6782
पवन ओली – 347-685-5880
रामप्रसाद खनाल – 703-419-0924
वा तीज महोत्सब मुल आयोजक समितिका सदस्यहरु सँग संपर्क गर्न सक्नुहुन्छ ।

निम्न मापदण्डहरूको पालना ( ख्याल) गर्नु हुन पनि सम्बन्धित सबैमा सादर अनुरोध छ:

१:- गीत ठेट तीजको लय र भाकामा शालिन र शिष्ट हुनु पर्नेछ।

२:- नाँच्दा तीजको पहिरनमा ( साडी, लेहङ्गा, कुर्तासलवार वा नेपाली समुदायका परम्परागत पहिरनमा) हुनु पर्नेछ।

३:- सबै नाँच तथा गीत अप्रतियोगी हुने छन । इच्छुक सबैलाई मौका प्रदान गर्नु हाम्रो कर्तब्य हुनेछ ।

४:- नाँचको समूह कम्तिमा २ जनाको र गीतको समूह कम्तिमा ४ जनाको हुनु पर्नेछ। बढीमा २० जना सम्मले गीत गायन वा नाचमा भाग लिना सक्नुहुने छ ।

५:- नाँच्ने समूहले आआफ्नो गीतको सिडी वा पेन ड्राइभमा वा ईमेलमा सम्पर्क ब्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

६:- गाउनेहरूले Music Track मा गाउने भए आआफ्नो Music Track सिडी वा पेन ड्राइभमा वा ईमेलमा सम्पर्क ब्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

७:- नाँच र गीत प्रस्तुत गर्नेहरू बिहान १०•३० सम्ममा कार्यक्रम स्थल पुगि सक्नु पर्ने छ। ढिलो भएर पालो छुटेको खण्डमा स्वयं जिम्मेवार हुनु पर्नेछ। उदघोसकले आफ्नो पालोमा बोलाउँदा यदी तपाईं छुट्नुभयो भने पछि प्रस्तुतिमा पनि छुत्न सक्नुहुन्छ । त्यसैले कृपया उदघोसक सँग संपर्कमा रही आफ्नो पालोमा नछुट्नुहोला ।

८- पहिलै नाम टिपाएका ग्रुपहरु सँगै बिच बिचमा सबैलाई समेट्नेगरी उदघोसकले आमा दिदी बहिनीहरु र साथमा दाजुभाइहरुलाई पनि नाच्न मँचमा या अगाडि बोलाउने छन र उपस्थित जो कसैलाई पनि नाच्न गाउन भरपुर आनन्द लिन अबसर दिइनेछ ।

९- कार्यक्रम हलमा नाम टिपाइए अनुसार क्रमश नाच्न गाउन बोलाइने छ । कृपया आयोजकहरुलाई भनसुन गर्ने वा मेरो पहिला राखिदिनुसन भन्ने कुरालाई हार्दिकताका साथ निरुत्साहीत गर्न चाहन्छौँ ।

१०- नाच गानका लागि ग्रुप वा ब्यक्तिहरुलाई कम्तिमा २ मिनेट र बढीमा ५ मिनेट भित्रको समय उपलब्ध गराइने छ । गीत लामो भएमा बिचमै काटिने छ किनकी हामी सबैलाई मौका र प्राथमिकता दिन चाहन्छौँ ।

११- तीज महोत्सबका दिन सके सम्म नेपाली पन झल्किने पहिरन, नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुन सबैलाई बिनम्र आग्रह गरिन्छ । त्यस मध्ये आयोजकको मुल्याङ्कनमा सबै भन्दा राम्रो नेपाली पहिरनमा आउने एकजना महिला, एकजना पुरुष, एक एक जना बालबालिकालाई मायाको चिनो प्रदान गरिने छ ।
१२- नेपाली मौलिक पन, कला, सँस्कृती, गीत संगीत हाम्रा धरोहर हुन, सम्पत्ती हुन । यिनको जगेर्ना र बिकास हाम्रो कर्तब्य हो त्यसैले आउनुस सबै मिली तीज महोत्सबलाई भब्य र सभ्य रुपमा सफल पारौँ ।

धन्यवाद!

प्रार्थी
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटी, समस्त परिवार”

प्रतिक्रिया दिनुहोस्