Friday 28th of February 2020

स्वयम्भु गोलीकाण्डमा गाउँपालिका अध्यक्षलाई कारवाही गर्न नेकपाको सिफारिस

रामेछाप । गत शुक्रबार अपराध महाशाखाका प्रहरीले काठमाडौंस्थित स्वयम्भु, बिजेश्वरीबाट रामेछाप, तिल्पुङका लोप्साङ भनिने बाबुराम तामाङलाई घुँडामुनि गोली हानेर पक्राउ गर्‍यो । उनीसँगै सोही गाउँपालिकाका अमृत तामाङ पनि समातिए ।

लुटेराको अभियोगमा समातिएका दुबै युवा अहिले प्रहरी नियन्त्रणमा छन् । तर, यही गोलीकाण्डसँग जोडेर चर्किएको विवादका कारण रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच खैलाबैला मच्चिएको छ ।

स्वयम्भु गोलीकाण्डलगत्तै सत्तारुढ नेकपाले आफ्नै पार्टीबाट चुनाव जितेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि कारवाहीको सिफारिस गरेको छ ।

आइतबार लिखु तामाकोशी गाउँपालिका कमिटीको बैठकले नेकपा जिल्ला कमिटी सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको हो । बैठकले एक साताभित्र जिल्ला कमिटी बैठक राखेर पालिका अध्यक्ष खड्कालाई कारवाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्