Sunday 25th of August 2019

विवादपछि पुनः बोलाएर अमेरिकी दुतावासले सन्दीप लामिछानेलाई भिसा दियो !

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिएको छ ।

लामिछानेले अमेरिकी दुतावासमा रेबियन प्रिमियर लिग (सिपीएल) खेल्न जानका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, अन्तरवार्तामा बोलाएर दुतावासले उनलाई ‘यु आर रिजेक्टेड’ भनेर भिसा दिन अस्विकार गरेको थियो ।

लामिछानेले ट्विट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै दुख व्यक्त गरेपछि दुतावासले उनलाई पुनः दुतावास बोलाएको थियो । त्यसपछि उनलाई दुतावासले अन्तरवार्ताको प्रक्रिया पुरा गरेर भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्