Friday 22nd of November 2019

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

काठमाडौँ । नुवाकोटमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन जाने महिलाको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् ।

मृतक लालमायाँको परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्