Sunday 25th of August 2019

नेपाल विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।

यस्तै विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ। यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ। जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्