Sunday 25th of August 2019

पोखराको न्यूरोडमा भीषण आगलागी, ३२ वटा सटर जले

पोखरा । कास्कीको पोखरा महानगरपालिका न्यू रोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएकोथियो। आगो निभाउन स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए।

घटनाको बारेमा थप विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्