Monday 16th of December 2019

विद्यार्थीका लागि रोजगार आजको आवश्यकता

आज गाउँबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका विद्यार्थीहरुले यहाँ कति संघर्ष गर्छन् होला त ?
केहीले बल्लतल्ल home tution पढाएर घर भाडाको जोहो गर्छन् । केहीले job कै लागि क्याम्पसको कक्षालाई माया मारेका छन् । विद्यार्थीको कोठामा टेवल या सुत्ने खाट समेत हुदैन। सबै कहाँ खाटमा सुत्छन् र ? धेरै विद्यार्थीको ओछ्यान सामान्यत भुइँमा एक सरो डस्ना हुन्छ । यो तितो यथार्थ हो ।
आर्थिक कारणले नै बरु जग्गा धितो राखेर भएनि अष्ट्रेलिया भासिनेको संख्या बढ्दो छ । बिचमै पढाइ छोडेर खाडीको लागि पासपोर्ट बनाएका कुरा गरिराख्नु नपर्ला । अब के गर्ने त ?

मलाई के लाग्छ भने अब हामी विद्यार्थीहरुले शिक्षा सहित रोजगारको विषय उठाउन जरुरी छ अर्थात पढाइ सगसगै Part time job । यो विषय सुन्दा , अष्ट्रेलियाको देखासिकि भन्ने लाग्ला जुन अति आवश्यक पनि छ । अलिकति रिक्स छ तर असम्भव नै भने छैन। सरकार र व्यवसायीसंग सम्झौता हुने हो र विद्यार्थीलाई आफूले गरेको कामको उचित पारिश्रमिकको व्यवस्था हुने हो भने हजारौं विद्यार्थी आर्थिक अभाव कै कारण आफ्नो शिक्षा +2 मा नै सिमित गर्न बाध्य हुनेछैनन् । यो केवल काठमाडौं बाहिरका दुर्गमबाट आउने विद्यार्थीका हकमा मात्रै नभई , काठमाडौं कै विद्यार्थीहरुका लागि पनि फलदायी हुनेछ ।
तपाई आफै सोच्नुहोस् उमेरले २२-२४ वर्ष पुगेका विद्यार्थीहरुले बा-आमासँग कहिले सम्म पाकेट खर्च माग्ने त ? फुर्सदको समयमा काम किन नगर्ने ? काठमाडौंबाट नै सुरु गर्ने हो भने यहाँ सम्भावनाका आयमहरु प्रशस्त भेटिन्छन् । ठमेल , पाटन , भक्तपुर , बौद्ध , पशुपति , स्वयम्भू लगायतका प्रमुख पर्यटकीय केन्द्रहरुले पनि सम्भावनाका दायराहरुलाई अझ फराकिलो बनाइदिएको छ। यहाँ स्थित विभिन्न क्षेत्रमा काम गरिरहेका एनजीओ , आइएनजीओ , व्यवसायीक रुपमा सञ्चालन भएका रेस्टुरेन्ट ,होटल , ट्राभल एजेन्सि , आदिमा विद्यार्थीहरुलाई लक्ष्यित गरेर Part time job को व्यवस्था गर्न हो भने विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययनमा आर्थिक टेवा पुग्नेछ । तर Part time Job गरिरहँदा , कक्षामा हाजिरी र क्याम्पसको अनुगमन भने अनिवार्य हुन आवश्यक देखिन्छ । नभए विद्यार्थी शिक्षा भन्दा पनि पैसा तिर बढी आकर्षित हुनसक्छन् । विद्यार्थीलाई उच्च शिक्षाका लागि पहुँच होस् र केही गर्न सक्छौ भन्ने प्रोत्साहन मिलोस् भन्ने धारणा हो तर विद्यार्थी जीवनकालमै पूर्ण व्यवसायीक नै हुनुपर्छ भन्ने निचोड होइन ।

अब हामीले अघि बढ्नै पर्छ । यो अरु ग्रहमा जाने घोषणा होइन न त नेपाल हल्लाउने भुइचालो नै । सुरुमा व्यवहारीक रुपमा कार्यनयन गर्न अलिक असहज वा गाह्रो होला तर असम्भव भने कदम कदाचित छैन । यो हजारौं विद्यार्थीहरुको आवश्यकता हो जो नेपालको कुनाकाप्चाबाट हजारौंको संख्यामा वर्षैपिच्छे आशा लाग्दो सपना लिएर उच्च शिक्षाका लागि काठमाडौं भित्रीरहेका हुन्छन् । जसले जिउँदो सपनाका लागि हरेक पाइलमा कम्पर्माईज मिसिएको संघर्षका गासहरु खाइरहेका छन् ।

यो मेरो व्यक्तिगत धारणा हो अब सबै विद्यार्थी साथीहरू सचेत भई सम्बन्धि निकायमा अपिल गर्नुको साथै बुदामा मात्र सिमित हुन नदिई गम्भीरताका साथ यश विषयमा छलफल हुन आवश्यक छ । सुझाव सल्लाहको अपेक्षा ।

बाताबरण विज्ञानका विद्यार्थी न्यौपाने अनेरास्ववियु अस्कलका विद्यार्थी नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्