Friday 22nd of November 2019

ट्रकले ठक्कर दिँदा नवलपरासीमा पुल भासियो

नवलपरासी । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको छ । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ ।

पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।

ट्रकले ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग करिब डेढ मिटर गहिरो भासिएको एक स्थानिय बताए ।

पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरी बताएको छ ।

प्रतिक्रिया दिनुहोस्