Tuesday 21st of January 2020

सुनको भाउ प्रतितोला ७१ हजार ५ सय

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । बुधबार प्रतितोला सुनको मूल्य ७० हजार ३ सय रुपैयाँ थियो ।

बिहीबार तेजावी सुन ७१ हजार २ सयमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५१४ अमेरिकी डलर पुग्दा यहाँ भाउ ७१ हजार ५ सय रुपैयाँ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्