Saturday 22nd of February 2020

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ — बिहीबार स्थगित भएकाे नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएकाे छ । प्रधानमन्त्री केपी ओली बिरामी परेका कारण बिहीबार बस्ने भनिएकाे बैठक स्थगित गरिएकाे थियाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सचिवालय बैठक बाेलाइएकाे हाे । आन्तरिक विवाद मिलाउनका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको सर्‍यै छ।

प्रधानमन्त्री गत शुक्रबार फर्केलगत्तै नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्। तर विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा ठोस प्रस्ताव तयार हुन सकेको छैन। त्यसैका लागि बैठक बस्ने भनिए पनि मंगलबारदेखि बैठक सरेको सर्‍यै छ।

प्रतिक्रिया दिनुहोस्