Sunday 22nd of September 2019

खाना ढिलो ल्याएको भन्दै ग्राहकले गाेली हानी वेटरको हत्या गरे

एजेन्सी । फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् ।

गल्फ न्युज डट कमका अनुसार ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा शुक्रवार राति धेरै बेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको गरेको हो ।

ती व्यक्तिले रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

२८ वर्षे वेटरको मृत्यु घटनास्थलमै भएको थियो । वेटरको काधमा गाेली लागेकाे जनाइएकाे छ । घटनापछि उक्त ग्राहक फरार भएका थिए ।

ग्राहकले गोली चालएपछि प्रहरीलाई बोलाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्