Wednesday 26th of February 2020

बंग्लादेशमा विषण आगलागी : १५ हजार घर नष्ट हुँदा ५० हजार मानिस बेघर

एजेन्सी । बंग्लादेशकोको राजधानी ढाकाको एक झुग्गी बस्ती क्षेत्रमा लागेको भीषण आगलागीका कारण ५० हजार मानिस बेघर भएका छन् । शुक्रबार राति लागेको आगलागीका कारण सो बस्तीमा १५ हजार भन्दा बढि घर जलेका छन् ।

प्लाष्टिकका छत भएका घर बढि भएका कारण आगो नियन्त्रणमा लिन झनै गाह्रो भएको बताइएको छ । यो घटनामा कैयौँ मानिस घाइते भएका छन् तर कसैको मृत्यु भएको खबर भने नआएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । त्यहाँ धेरै जसो मजदुरहरु रहने गरेको र इद उल अज़हाका कारण आफ्नो पैतृक क्षेत्रमा गएका थिए ।

अहिलेसम्म आगो के कारणले लाग्यो भन्नेबारे केही खुलेको छैन । आगो नियन्त्रणमा लिन दमकललगायतका यन्त्रसहित अग्नी सुरक्षाकर्मीलाई ६ घण्टाभन्दा बढि लागेको बताइएको छ । बंग्लादेश सरकारले त्यहाँ साहयता जुटाइने जनाएको छ ।

छत जलिसकेपछि घर नहुँदा त्यहाँका नागरिक अहिले खुला आकासमुनि नै रात बिताइ रहेका छन् । यसै र्वषको फेब्रररीमा ढाकाको एक ऐतिहासिक क्षेत्रमा आगलागीका कारण कम्तिमा ८० को मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्