Sunday 22nd of September 2019

घाँटी रेटेर श्रीमतीको हत्या

गोरखा । गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेका छन् ।

प्रहरीका अनुसार याकुब परियार मानसिक रोगी हुन् र उनले मानसिक रोगको औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ।

हत्याका आरोपित याकुवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रहरीको अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्