Sunday 22nd of September 2019

‘मेरो पद अर्को संसदीय निर्वाचन पछि मात्रै जान्छ’- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराएका छन् ।

उनले बैठकमा बोल्दै सरकारले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा प्रतिगमनलाई समर्थन गर्ने कुरालाई भने आफू र आफ्नो सरकारले स्वीकार नगर्ने बताएका छन् ।

‘कसैले चिहानमा गएर हड्डी फुक्दैमा गएको व्यवस्था फर्किँदैन,’ उनले भने, ‘सबैको पद जान्छ । मेरो पनि पद जान्छ । तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ ।’

प्रधानमन्त्री ओलीले अहिले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्