Sunday 22nd of September 2019

पत्रकार लामिछानेको समर्थनमा मकवानपुरमा पनि -याली

मकवानपुर । पत्रकार रवि लामिछानेलाई प्रहरी हिरासतमा लिइएको विरोधमा मकवानपुरको हेटौंडामा स्वस्फूर्त रुपमा युवाहरुले -याली निकालेका छन् । रवि लामिछानेलाइ विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सहभागीले सम्बन्धित निकायलाई चेतवानी दिन -याली निकालेको बताएका छन् ।

सहभागीले ‘आई एम विद रवि लामिछाने’ लेखिएको प्ले कार्डसहित -यालीमा उत्रिएका थिए ।

हेटौंडाको हुप्रा चौरबाट सुरु भएको -याली सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्