Sunday 22nd of September 2019

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै !

काठमाडौं । पुष्पकमल दाहल (प्रचण्ड)लाइ कार्यवाहक अध्यक्षको जिम्मेवार सुम्पेर प्रधानमन्त्री ओली थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् ।

सिंगापुरबाट एक साता अघि मात्रै उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली सातापछि नै ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको सिंगापुर प्रस्थान भाद्र ४ या ५ गते हुने स्रोतले नेपालीजनताले बताएको छ । १२ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओलीले नियमित औषधि खाइरहेका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परिक्षण लागि गत साउन १८ गते सिंगापुर प्रस्थान थिए र उपचार पश्चात साउन २७ गते काठमाडौं अाइपुगेका थिए । स्वदेश फर्किएपछि प्रधानमन्त्रीले ट्विट गरेर स्वास्थ्य ठीक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्