Tuesday 17th of September 2019

बाढिका कारण १७ को मृत्यु

एजेन्सी । भारतको बाढिका कारण उत्तराखण्डमा १७ जनाको मृत्यु भएको छ भने हिमाचलमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ । वर्षासँगै धेरै स्थानमा बाढी पहिरो गएको बताइएको छ ।

साथै उत्तरी र पहाडी क्षेत्रमा अत्याधिक वर्षासँगै जनजीवन कष्टकर बनेको छ । भारतको मौसम विभागले हिमाचल, उत्तराखण्ड, मध्य प्रदेश लगायत १० प्रदेशमा धेरै वर्षा हुने चेतावनी दिएको छ ।

वर्षासँगै भारतमा ९ वटा राजमार्ग बन्दा भएको छ भने ८ सय ७७ वटा सडकहरु प्रभावित भएका छन् ।

यता, भारतको राजधानी दिल्लीमा ४० वर्षयताकै अत्याधिक वर्षा भएको बताइएको छ । वर्षाका कारण प्रभावितहरुलाई उद्धार गरि सुरक्षित स्थान तर्फ स्थानतरण गर्ने प्रयास भइरहेको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्