Monday 27th of January 2020

‘हेलो नेपाल’को लाइसेन्स खारेज!

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्र्याता तिरेन ।

प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिए । उनले कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको बताए ।

यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो ।

अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्