Sunday 22nd of September 2019

रवि लामिछानेसहितका तीन जना जिल्ला अदालतमा उपस्थित

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका रवि लामिछानेसहित तीनजनालाई मंगलबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । मंगलबार बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि म्याद थप माग गर्ने चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए ।

लामिछानेसहितका तीन जनालाई तीन नम्वर इजलासमा उपस्थित गराइएको छ । पाँच दिनको अनुसन्धान र वयानपछि छैठाैं दिनमा अदालतमा उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी मल्लले जानकारी दिए ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रूद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसारमा अदालतको प्रकृया अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्