Saturday 21st of September 2019

फेसबुकमा ओली, प्रचण्ड र देउवालाई गाली गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिमराका २८ वर्षीय सागर मैनाली छन् । उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्