Sunday 23rd of February 2020

अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

अछाम । बान्नीगढी जयगढ गाउँपालिकामा बुधबार राति से १ ज ९९५ नम्बरको जिप दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने चालकसहित तीन जना घाइते भएका छन् । एकको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारकाे घटनास्थलमै र बान्नीगढी जयगढ–४ का काले परियार र बैतडी घर भै अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराकाे उपचारको क्रममा ज्यान गएकाे प्रहरी बताएको छ।

मुजाबगरबाट जयगढ आउँदै गरेको जिप जयगढ–माँझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ८ बजेतिर सडकबाट करिव ५ सय मिटर तल खसेकाे हाे।

घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जङिर चौधरी, कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। घाइतेहरुकाे बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्