Sunday 22nd of September 2019

रबि लामिछानेको समर्थनमा इनरुवामा र्याली

इनरुवा । संचारकर्मी रबि लामिछानेको समर्थनमा इनरुवामा र्याली निकालिएको छ । न्युज २४ को कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई सुनियोजित तवरमा फँसाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरुले दबाब मूलक र्याली निकालेका हुन् ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका अनुसन्धानकालागि पक्राउ गरिएका संचारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानविन हुनु पर्ने माग उनिहरुको माग छ । र्यालीले नगरको विभिन्न भागको परिक्रमा सहित कोणसभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्