Sunday 22nd of September 2019

रवि लामिछानेको समर्थनमा बारामा पनि -याली निकालियो

बारा । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थकहरुले बारामा पनि -याली निकालेका छन् । गत साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा पूर्व सहकर्मी लामिछानेसहित अन्य २ जनाको नाम लिएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै हाल उनीहरुलाई न्यायिक हिरासतमा राखेको छ ।

घटनामा निश्पक्ष छानबिनमाथि शंका उत्पन्न भएको भन्दै लामिछानेका समर्थकहरुले चितवनसहित देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आइरहेका छन् । बाराको पथलैया र सिमरामा शनिबार छुट्टाछुट्टै रुपमा घटनाको निश्पक्ष छानबिनको माग गर्दै लामिछाने समर्थकले प्रदर्शन गरेका हुन् ।

घटनामा प्रहरी हिरासतमा रहेकाहरुविरुद्ध बलियो प्रमाण फेला नपरेपनि विभिन्न बाहानामा म्याद थप गर्दै लगिएको भन्दै आक्रोशित भएका समर्थकहरुले तत्काल रिहाईको माग समेत गरेका छन् ।

याली सहभागीले ‘हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘रवि लामिछाने रिहा गर’, ‘पत्रकार पुडासैनीलाई न्याय दे’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्