Sunday 22nd of September 2019

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिकाका–१, भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको आइतबार बिहान ७ः३० बजे बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

बंगुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासि पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्