Friday 3rd of April 2020

पुडासैनी आत्महत्या प्रकरण (अपडेट) :कँडेलको बयान जारी

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान शुरु भएको छ । अदालतले आज (सोमबार) रवि लामिछाने र युवराज कँडेलको बयान लिँदैछ । कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । तीन जना प्रतिवादीमध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ ।

भरतपुरसहित आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्