Tuesday 12th of November 2019

नेपाल औषधि व्यवसायी संघ काठमाडौंको श्रेष्ठ प्यानलको प्रतिवद्धतापत्र सार्वजनिक

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्लाको भदौ २८ गते हुन गइरहेको अधिवेशनमा बद्रीप्रसाद श्रेष्ठ अध्यक्ष प्यानलले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

यो प्यानलले संघको गरिमा, सुशासन र व्यवसायिक हकहित हाम्रो प्रतिवद्धता, व्यवसायिक मर्यादाको लागि सामूहिक नेतृत्व आजको आवश्यकता मूल नारा बनाएको छ ।

रतिवद्धता पत्रमा नेपाल औषधि व्यवसायी संघको विधानको सर्वोच्चता र मान्यतालाई मूर्तरुप दिई विधिको शासन कायम गरी व्यवसाय र व्यवसायीको हकहित, सुरक्षा, समृद्धि र विकास सुनिश्चितताका लागि आफूहरुले उम्मेदवारी दिएको उल्लेख छ ।

त्यस्तै, विकृतिको अन्त्य गरी मैत्रीपूर्ण वातावरण निर्माण गर्ने, व्यवसायिक दक्षता र कुशलता अभिबृद्धि गर्ने, डि फार्मेसी, बि फाम तथा एम फाम अध्ययन गरी व्यवसाय गरिरहेका व्यवसायीबीच भाइचाराको विकास गरी आपसी सद्भाव बृद्धि गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै, औषधी व्यवस्था विभागसँग समन्वय राखी नेपाल औषधि व्यवसायी संघका सदस्यहरुका लागि दर्ता तथा नविकरण लगायत विविधि विषयमा सहयोगी भूमिका निर्वाह गर्ने लगायतका प्रतिवद्धता जाहेर गरिएको छ ।

बद्री प्रसाद श्रेष्ठको प्यानलका उम्मेदवारहरु :

अध्यक्ष : बद्री प्रसाद श्रेष्ठ (बबी मेडिसिन सप्लायर्स)

उपाध्यक्ष : नवराज खनाल (हनुमान फर्मा)

महासचिव : शुभमान श्रेष्ठ (आश्र कस्मोडर्मा फर्मा)

कोषाध्यक्ष : प्रकाश न्यौपाने (निर्वाणा फार्मेसी)

सचिव : देविन्द्र कुमार न्यौपाने (निर्मलभूमी फार्मेसी )

उप-कोषाध्यक्ष: शंकर महर्जन (स्वयम्भू फर्मास्युटिकल्स)

सदस्य : रत्न बहादुर कार्की “अर्जुन“ (पञ्चकन्या फर्मा डिष्ट्रिव्युटर्स)

सदस्य : मिना कँडेल नेपाल (भिष्म सन्तोष फार्मेसी)

सदस्य : पञ्चकुमार श्रेष्ठ (सवल मेडिको)

प्रतिक्रिया दिनुहोस्