Wednesday 22nd of January 2020

१४ किलो चरेससहित ५ जना पक्राउ

बझाङ — बझाङ प्रहरीले चरेससहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट करिब १४ किलो चरेस र नगद समेत बरामद गरेको छ ।

सोमबार राति १२ बजे बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्री पोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ जाँदै गरेको ना.८ ख १०७४ नं. को गाडी चेकजाँच गर्दा प्रहरीले सिटमाथिको र्याकमा राखिएको अवस्थामा १२ किलोग्राम चरेस बरामद गरेको थियो । प्रहरीले घटना संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बस मालिक केदास्युँ गाउँपालिका ५ का काशी ठगुन्ना, सुर्मा गाउँपालिका १ दौलिचौरका हरिवीर बोहोरा, रनकला बोहोरा र लछी बोहोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्