Wednesday 19th of February 2020

पाल्पामा डोजर दुर्घटना, २ जना घाइते

पाल्पा । पाल्पाको रम्भागाँउपालिका ५ ताँहु देउरालीमा जे सि बि दुर्घटना भएको छ । लु.१.क १६०७ नं.को डोजर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

विहान करिव ९ बजे तिर भएको दुर्घटनामा बाँके जिल्लाको २१ बर्षीय मधुसुदन डाँगी चालक र रुपन्देही तिलोच्चमा ९ बस्ने नारायण बुढाथोकी घाइते भएका हुन् ।

जे.सि.बि सडक बाट करिव १५ मिटर तल खसेको र चालकलाई केहि चोट देखिएको र सहचालकलाई भने सामान्य चोट देखिएकोले तानसेनको मिसन हस्पिटल लगेको स्थानियले जानकारी गराएका छन् ।

दुर्घटना के कति कारणले भएको खुल्न बाकी र घटनाको अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यलय आर्यभञ्याङ पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्