Saturday 25th of January 2020

हिसिला यमी दुर्घटनामा परिन्, ‘बिएण्ड बी’ अस्पतालमा उपचार हुँदै

काठमाडौं । समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् ।

आईतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था चिन्ता मुक्त भईसकेको असपताल स्रोतले जनाएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको श्रीमति रहेकी यमी पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले श्रीमति यमीलाई समाजिक संजाल फेसबुक मार्फत नाच्दै गरेको तस्बीर राखेर चाँडै ठिक हुन कामना गरेका छन् । उनले फेसवुकमा लेखेका छन्- ‘विस यू स्पीडी रिकोभरी बुडी ।’

प्रतिक्रिया दिनुहोस्