Sunday 22nd of September 2019

नेपाली भाषामा प्रकाशित लायन म्यागेजिन विमोचन

काठमाडौं । लायन्स क्लब्स अन्र्तराष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ ले लायन म्यागेजिन नेपाली भाषामा प्रकाशित गरेको छ । काठमाडौंको अनुपम फुडल्याण्ड बत्तीस पुतलिमा आयोजित लायन म्यागेजिन विमोचन समारोह प्रकाशन तथा व्यवस्थापन समितिकाका सभापति तथा पूर्व अन्र्तराष्ट्रिय डाईरेक्टर लायन संजय खेताको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
लायन्स क्लब अन्र्तराष्ट्रियले हालका वर्षहरुसम्ममा विश्वका १८ भाषामा लायन्स म्यागेजिन प्रकाशित गर्दै आएको थियो ।लायन्स वर्ष २०१९ देखि नेपाली भाषामा पनि उक्त म्यागेजीन प्रकाशित हुने भएको छ । विश्वभरका लायन्स क्लब अन्र्तराष्ट्रियका साथै नेपालमा लायन्स क्लबहरु तथा क्लबहरुले समाज सेवाको क्षेत्रमा दिएको योगदानको जानकारी समेटेर प्रकाशित गरिने छ ।
कार्यक्रमा जिएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशी सहित विभिन्न अग्रज लायन्स लिडरहरुको उपस्थिति रहेको थियो । लायन म्यागेजिनका प्रधान सम्पादक तथा डिस्ट्रिक्ट ३२५ बी १ का पिडिजी लायन धनराज आर्चायले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने नेपाली भाषामा प्रकाशित लायन म्यागेजिनको पहिलो अंङ्क लायन खेतानले बीमोचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्